गजल
-विज्ञान दर्शन
गिरेको छु म कसैको नजरमा गिरेको छु,
आँशु बनि तप्प तप्प अधरमा गिरेकोछु
आँशु बनि तप्प तप्प अधरमा गिरेकोछु
दुई किनार भइ सँगै सफरमा निस्केका थियौँ,
तिमी पुग्यौ सागर, म बगरमा गिरेको छु
तिमी पुग्यौ सागर, म बगरमा गिरेको छु
यो समाचार उनलाई पुर्याउनै छ जरुरी,
प्रिया बिनाको हरेक प्रहरमा गिरेको छु
प्रिया बिनाको हरेक प्रहरमा गिरेको छु
उनी कोही परायासँग हिँडेको खबरले है'न,
त्यो खबर भित्रको पनि खबरमा गिरेको छु
त्यो खबर भित्रको पनि खबरमा गिरेको छु
0 comments:
Post a Comment